Logo

बागमती पेज

आश्विन २७, २०७९ बिहीबार

सुनकोशी-मरिन डाइभर्सनको सुरुङ पर्सिदेखि ‘टीबीएम’ले खन्ने


काठमाडौँ । शुक्रबार (पर्सि)देखि सरकारले सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनामा सुरुङ खन्न सुरु गर्ने भएको छ ।

काठमाडौं । शुक्रबार (पर्सि)देखि सरकारले सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनामा सुरुङ खन्न सुरु गर्ने भएको छ । सुनकोशी–मरिन डाइभर्सन परियोजनाले अटोमेटिक टनेल बोरिङ मेसिन (टीबीएम) बाट सुरुङ खन्न लागिएको हो ।

अमेरिकी कम्पनी रोबिन्सले बनाएको टीबीएमले शुक्रबारदेखि मरिनखोलातर्फबाट सुरुङ खन्न सुरु गर्ने आयोजना प्रमुख मित्र बरालले बताए । ‘यो ठ्याक्कै भरी–बबई डाइभर्सन परियोजनामा प्रयोग भएकौ प्रविधि हो,’ उनले भने, ‘टीबीएममार्फत आधुनिक प्रविधि प्रयोग गरेरै यो सुरुङमार्ग समयमै खनिसक्ने लक्ष्य लिएका छौं ।’

उनका अनुसार ठेकदार कम्पनी चाइना ओभरसिज कक्स्ट्रक्सन कम्पनी लिमिटेडले २४ महिनाभित्रै सकाउने सुरुङ खनिसक्ने गरी गरी तालिका दिएको छ । भौगर्भिक रुपमा कुनै समस्या नआए समयतालिकाभित्रै सुरुङ खन्ने काम सकिने आयोजना प्रमुख बरालले बताए ।

यो सुरुङमार्फत सुनकोशीको पानी सिन्धुलीको मरिन खोलामा झारिनेछ । मरिनबाट बागमतीमा मिसिएको पानीलाई सिंचाइ आयोजनामार्फत मधेशमा सिंचाइ सुविधा पुर्‍याउने योजना छ ।

‘यो १३.३ किलोमिटरको सुरुङ हो,’ उनले भने, ‘सुरुङ चुरे र महाभारत श्रृङ्खलाको फल्टलाइन क्षेत्रमा पर्छ, केही समस्या पर्न पनि सक्छ, तर समस्या नहुने अपेक्षामा छौं ।’ टीबीएममार्फत ५.५ डायमिटरको सुरुङ रहने गरी ६.६ डायमिटरको सुरुङ खनिनेछ ।

यो वर्ष सरकारले राष्ट्रिय गौरवको यो आयोजनाका लागि २ अर्ब ७० करोड बजेट विनियोजन गरेको छ ।