Logo

बागमती पेज

आश्विन २८, २०७९ शुक्रबार

शैक्षिक क्षेत्रमा सरकारी विद्यालयलाई प्रथामिकता दिन्छौँ : वडाध्यक्ष भट्टराई


काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका वडा नं १२ का वडाध्यक्ष शम्भु प्रसाद भट्टराईले शिक्षा क्षेत्रमा सरकारी विद्यालयलाई पहिलो प्रथामिकता दिने बताएका छन् । वडामा रहेको एक मात्र बालकुमारी माध्यमिक विद्यालयमा शैशिक गुणस्तरका साथै विद्यालयको आधारभूत आवश्यकतालाई पुरा गर्ने लक्ष्य लिएको उनले बताएका हुन् ।

हाल विद्यालयको भवन निर्माण भइरहेको जानकारी गराउँदै अध्यक्ष भट्टराईले शैक्षिक गुणस्तर बढाउन शिक्षक शिक्षिका थप गर्ने, विद्यालयको भौतिक पुर्वाधार विकास निर्माणका लागि नगरबाट यस अर्थिक वर्षमा १ करोड अनुदान विद्यालयलाई सहयोग गरेको बताए ।

वडाको एक मात्र सरकारी विद्यालय बालकुमारी माविमा पहिला कक्षा ८ सम्म पढाई हुने गरेको भन्दै हाल विद्यालयको स्तरोन्नतीसंगै कक्षा ९ सम्म पढाइ हुने गरेको अध्यक्ष भट्टराईको भनाई छ ।

भट्टराईका अनुसार विद्यालयमा अहिले पुस्तकलयको पनि राम्रो व्यवस्था रहेको छ । कम्प्यूटर ल्यावको व्यवस्था समेत भइसकेको र हाल विद्यालयमा ४ वटा नयाँ भवन पनि बन्दैछन् । विगता आधारभूत रहेको विद्यालय माध्यमिक हुँदै उच्च माध्यमिक सम्म बनाउने हाम्रो योजना रहेको छ ।

अध्यक्ष भट्टराईले भने, “सरकारी विद्यालयको गुणस्तर बढाउनुपर्छ । निजी विद्यालयमा जाने विद्यार्थीहरुलाई सरकारी स्कुल जाने वातावरण मिलाउनुपर्छ । सरकारी विद्यालयको अवश्यकता र शैक्षिक गुणस्तरमा ध्यान दिने काममा स्थानीय तह पनि उत्तिकै दायित्व रहेको छ हामी त्यसै अनुरुप काम गर्नेछौँ ।”

बुढानिलकण्ठ नगरपालिका भित्र १२३ निजि र १९ वटा सरकारी विद्यालय छन् । नगर भित्रका सरकारी विद्यालय मध्ये हामीले वडा नं १२ मा रहेको बालकुमारी मावि सरकारी विद्यालयलाई नमूना र हेर्न लाएक विद्यालय बनाएर देखाउँने छौँ । निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई समेत सरकारी विद्यालयमा आउने वातावरण मिलाउने प्रयत्न हामीले गर्नेछौँ ।