Logo

मेघनाथ पहाडी

आश्विन २९, २०७९ शनिबार

जनप्रिय नेता राजन दाहाल चुनावी मैदानमा: स्थानीय भन्छन्, ठुलो आशा पलायो !


काठमाडौँ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि सिन्धुली क्षेत्र नं २ बाट सत्तापक्षिय गठबन्धनका उम्मेदवार बनेका छन् जनप्रेमी नेता राजन दाहाल । ०७४ सालमा भएको निर्वाचनमा सिन्धुली क्षेत्र नं १ को (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित बनेका युवा नेता दाहाल यस पटक संघिय निर्वाचनका लागि चुनावी मैदानमा उत्रिएका हुन् ।

संघिय निर्वाचनका उम्मेदवार दाहाल आफ्नो निर्वाचन क्षेत्र भित्रका जनतामा के कस्ता समस्या छन् ? उनीहरुमा कस्तो किसिमका आवश्यकता छ ? ध्यान दिनुपर्ने कुराहरु के छन् ? लगायतका कार्यहरु बुझ्न दाहाल गाउँ बस्तीमा हाल पुग्ने गरेका छन् । दाहालको उपस्थितिमा स्थानीयहरु दंग पर्छन् ।

नेता दाहाल विकास निर्माणका काममा मात्र नभएर सामाजिक तथा अन्य व्यक्तिगत सहयोगका कारण पनि छोटो समयमा लोकप्रिय बन्न सफल भएका हुन् । काम गर्ने सरल शैली र स्थानीयमा गर्ने प्रस्ट व्यवहारका कारण पनि दाहाललाई स्थानीयहरु आशा र भरोसाका रुपमा लिने गर्दछन् ।

जनआवश्यकता अनुसारका काम र आफूले बनाएका योजनामा नेता दाहाल मन, बचन र कर्मले निकै ध्यानपूर्वक लाग्ने गरेको स्थानीयहरु जनाउँछन् । काम गर्ने फरक शैलीका कारण जनमानसको ध्यान उनीप्रति तानेको हो ।

दाहाल क्षेत्र नं २ को उम्मेदवार बनेसँगै उनको क्षेत्रका केही जनतामा ठुलो आसा पलाउन थालेको छ । लामो समयदेखि बन्न नसकेका कामहरु आगामी निर्वाचन पछि उम्मेदवार दाहालले सम्पन्न गर्नेछन्, भन्दै स्थानीयहरु उत्साहित बनेका हुन् ।

चुनावी मैदानमा रहेका युवा नेता दाहाल निर्वाचनलाई भड्किलो र खर्चिलो नबनाउने पक्षमा छन् । यति मात्र नभएर चुनावी खर्च बचाएर विकास निर्माणका कार्यमा प्रयोग गर्ने उनको तयारी छ ।

लामो समयदेखि सिन्धुलीमा रहेर निरन्तर सामाजिक तथा राजनीतिक काम गर्दै आएका जनप्रेमी नेता दाहाल सबैले रुचाएको नेताको रुपमा स्थापित भई सकेका छन् । प्रस्ट भिजन र स्पष्ट काम गर्ने शैलीको कारण पनि उनी प्रति जनताहरू विश्वस्त छन् । विकास प्रेमी नेता भएका कारण पनि उनले जनतामाझ मत माग्दै हिँड्नुपर्ने स्थिति नभएर दाहाललाई मत दिनुपर्ने कुरामा यस क्षेत्रका जनता आफै सचेत रहेको जानकारहरू बताउँछन् ।

सिन्धुलीको भूगोल बुझेका नेता दाहाल निर्वाचित बनेपछि युवाहरूको जोस जाँगर र क्षमतालाई उचित प्रयोग गर्दै पुँजीमा परिणत गर्ने तयारीका साथ अघि बढेका छन् ।

गठबन्धन तर्फ सिन्धुली क्षेत्र नं २ मा माओवादी केन्द्रबाट राजन दाहाल संघिय निर्वाचनमा होमिएका छन् । दाहालको क्षेत्रबाट प्रदेश तर्फ १ मा नेपाली काँग्रेसका छत्र बम्जन र २ मा जनता समाजवादी पार्टीका गङ्गानारायण श्रेष्ठ उम्मेदवार बनेका छन् ।