Logo

बागमती पेज

आश्विन ३०, २०७९ आईतबार

जनताले रुचाएका नेता कुसुम कुमार कार्की पुनः चुनावी मैदानमा


– सरोजराज श्रेष्ठ

काठमाडौँ । आसन्न मंसिर ४ गते हुने निर्वाचनका लागि काठमाडौँ क्षेत्र नं ४ (२) बाट सत्तापक्षिय गठबन्धनका उम्मेदवार बनेका छन् युवा नेता कुसुम कुमार कार्की । ०७४ सालमा भएको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित बनेका युवा नेता कार्की यस पटक पनि उम्मेदवार बनेका हुन् ।

गठबन्धन तर्फ काठमाडौँ क्षेत्र नं ४ मा सङ्घीय निर्वाचनमा नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाको उम्मेदवारी रहेको छ । त्यसै गरी प्रदेश सभा सदस्य १ मा नेपाली काँग्रेसका श्रीराम लामिछाने र २ मा एकीकृत समाजवादीका केन्द्रीय सदस्य कुसुम कुमार कार्की उम्मेदवार बनेका छन् ।

लामो समयदेखि यही क्षेत्रमा रहेर निरन्तर सामाजिक तथा राजनीतिक काम गर्दै आएका कार्की सबैले रुचाएको नेताको रूपमा स्थापित भई सकेका छन् । प्रस्ट भिजन र स्पष्ट काम गर्ने शैलीको कारण पनि उनी प्रति जनताहरू विश्वस्त छन् । त्यसै कारण पनि उनले जनतामाझ मत माग्दै हिँड्नुपर्ने स्थिति नभएर कार्कीलाई मत दिनुपर्ने कुरामा यस क्षेत्रका जनता आफै सचेत छन् ।

चुनावी मैदानमा रहेका युवा नेता कार्की चुनावलाई भड्किलो र खर्चिलो नबनाउने पक्षमा छन् । चुनावी खर्च बचाएर विकास निर्माणका कार्यमा प्रयोग गर्ने उनको तयारी छ । उम्मेदवार कार्की भन्छन्, “चुनावमा हुने खर्च पछि गएर भ्रष्ट्राचारका रूपमा परिणत हुन्छ । त्यस कारण चुनावमा धेरै खर्च गर्नु राम्रो हुँदैन । हामीले चुनावी गतिविधि गर्दा खर्च कटौती गर्नुपर्छ, खर्च कटौती गर्न आवश्यक देखिन्छ ।”

नेवार जातीको बाहुल्यता भएका कारण सामाजिक, राजनीतिक तथा सांस्कृतिक परम्परा अनुसारका स्थानीय स्तरमा हुने उत्पादनलाई प्रवर्द्धन गर्ने र पुँजीमा परिणत गर्दै आर्थिक स्तरमा उन्नति गर्ने जनताले अपेक्षा गरेका छन् । जनअपेक्षा अनुसारका काम पुरा गर्न युवा नेता कार्की मन, वचन र कर्मले लागेका छन् ।

शिवपुरी आसपासका पर्यटकीय क्षेत्रलाई प्रवर्द्धन गर्दै नीति तथा योजना तयार गर्दै पर्यटकीय क्षेत्रको रूपमा स्थापित गर्ने योजना उनमा रहेको छ । निवर्तमान प्रदेशसभा सदस्य कार्की यस अघि बागमती प्रदेशका पर्यटकीय क्षेत्र प्रवर्द्धन गर्ने र योजना तयार पार्ने टिममा रहेर काम गरेका थिए ।

यहाँको भूगोल बुझेका नेता कार्की निर्वाचित बनेपछि युवाहरुको जोस जाँगर र क्षमतालाई उचित प्रयोग गर्दै पुँजीमा परिणत गर्ने तयारीका साथ अघि बढेका छन् । त्यसैकारण विभिन्न कुरालाई ध्यान दिंदै ईमान्दारीताकासाथ कामम गर्दै आएका गठबन्धन तर्फका उम्मेदवार कुसुम कुमार कार्कीलाई आसन्न निर्वाचनमा जिताउन जरुरी छ ।