Logo

बागमती पेज

आश्विन ३०, २०७९ आईतबार

नवौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ दुर्घटना, एक खेलाडीको मृत्यु


काठमाडौं : पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोतिास्थलमा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक खेलाडीको मृत्यु भएको छ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लबको तर्फबाट भाग लिएका निसिम थापाको मृत्यु भएको हो ।

सराङकोट स्थित नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा आकाशमा उडिरहेको प्याराग्लाइडिङ १०० मिटर तल खसेका थियो ।

बिहान साढे ११ बजे प्रतियोगितामा भाग लिइरहेको अवस्थामा त्रिभुवन आर्मी क्लबका एक खेलाडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुन्दर तिवारीले बताए ।

दुर्घटनापछि मेट्रोसिटी अस्पताल पुर्‍याएको उनलाई डाक्टरले मृत्यु घोषणा गरेको डिएसपी तिवारीले बताए ।