Logo

बागमती पेज

कार्तिक १, २०७९ मंगलबार

समृद्ध दोलखा निर्माणको लागि मेरो उम्मेदवारी : नेता जगदिश खरेल


काठमाडौँ । आसन्न मंसिर ४ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट दोलखामा जगदिश खरेलले उम्मेदवारी दिएका छन् । लामो समयदेखि समाजसेवामा लागेका खरेलले समृद्ध दोलखा निर्माण गर्ने उदेश्यले उम्मेदवारी दिएको बताउँछन् ।

नेता खरेल कुशल व्यक्ति मात्र नभएर एक कुशल समाजसेवी समेत हुन् । उनले नाकाबन्दी, भुकम्प तथा कोरोना महामारी जस्ता विपदको समयमा दोलखाका जनताको साथमा रहेर निरन्तर सेवा गरिरहेका थिए । उनी दोलखा जिल्लामा काम गर्न सक्ने, जनताले रुचाएका र सम्भावना बोकेका युवा नेता हुन् ।

लामो समय नेपाली काँग्रेसमा आस्था राखेका उनले पछिल्लो समय पार्टी छोड्न बाध्य बने । काँग्रेसले आफ्नो निश्चित स्वार्थ पुरा गर्नका लागि गठबन्धन गरेर विभिन्न पार्टीसँग तालमेल गरी चुनाव जित्ने गलत बाटो अपनाएका कारण स्वतन्त्र तर्फ लागेको खरेलको भनाई छ ।

प्रधानमन्त्री शेरबहादर देउवा पटक–पटक प्रधानमन्त्री हुँदापनि जनतालाई निराशमात्र बनाएको आरोप लगाउँदै उनले देउवाको पेवा काँग्रेस भएको प्रति अक्रोसित बने ।

जति पटक निर्वाचन भयो त्यतिनै निर्वाचित भएका नेताले दोलखावासीलाई ढाँट्दै आएका छन् । त्यस कारण अव एक इमानदार, नैतिकवान र स्पष्ट विचार बोकेको व्यक्तिलाई भोट हाल्नुपर्ने उनको भनाइ छ । यस पटक आफु निर्वाचित भएपश्चात दोलखाका जनतालाई भ्रम पैदा गर्ने खालको र लामो समय पर्खन नपर्ने गरी योजनाहरु बनाउने उनको दाबी छ ।

विकाशका पुर्वाधार क्षेत्रमा मात्र नभएर कृषी, पर्यटन तथा उर्जा क्षेत्रमा खनिज पदार्थको उत्खनन् गर्ने, हाइड्रोको माध्यमबाट हजारौँ युवाहरुलाई रोजगारीको सृजना गर्ने र आफु इन्जिनियर भएका कारण कस्तो जिल्ला बनाउने भन्ने स्पस्ट रोडम्याप रहेको उम्मेदवार उनको योजना रहेको छ । ५ वर्ष भित्रमा खरेलले दोलखा जिल्ला र दोलखाली जनताको मुहार फेर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।