Logo

बागमती पेज

कार्तिक २, २०७९ बुधबार

सत्यमोहन जोशीको गीत ‘माया रानीलाई’ सार्वजनिक


काठमाडौँ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले लेखेको ‘माया रानीलाई’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गोल्डेन क्रियशनको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा सन्तोष श्रेष्ठको संगीत र स्वर छ ।

सत्यमोहन जोशीको गीतको यो पहिलो भिडियो हो । यसअघि जोशीले नै लेखेको गीत ‘तेरो मेरो जे भन्छौं हामी, आखिर यहाँ न तेरो न मेरो’ बोलको गीतमा पनि सन्तोषले नै संगीत दिएका थिए । संगीतकार सन्तोष श्रेष्ठ जोशीद्वारा लिखित गीतलाई औपचारिक रुपमा रेकर्ड गर्ने पहिलो र अन्तिम संगीतकार हुन् ।

माया रानीलाई गीतको श्रव्यदृष्य तयार गरेर सत्यमोहनलाई देखाएपछि सार्वजनिक गर्ने इच्छा हुँदाहुँदै एउटा सपना अधुरै रहेको सन्तोष श्रेष्ठको भनाइ छ ।

माया रानीलाई बोलको गीतमा सन्तोष श्रेष्ठको स्वर र संगीत छ भने राज पोखरेल र प्रकाश अर्यालले छायांकन गरेका छन् । उक्त छायांकनलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् । म्युजिक भिडियोको निर्देशन हेमप्रभास अधिकारीले गरेका छन् ।