काठमाडौं । नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य तथा सहकारी विभागका सचिव मुरारी भण्डारी नेकपा एमाले प्रवेश गरेका छन् ।
शिक्षासेवी एवम् समाजसेवीका रुपमा परिचित नेता भण्डारीलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलेस्वागत गरेका हुन् ।
बूढानीलकण्ठ नगरपालिका वडा नं १२ निवासी भण्डारी काठमाडौं क्षेत्र नंं ४ मा प्रभावशाली माओवादी नेताका रुपमा परिचित छन् । यस अघि नेता भण्डारी सिन्धुलीको फिक्कल गाउँपालिका ईन्चार्ज रहेका थिए ।
विहिवार निवर्तमान प्रधानमन्त्री ओली निवास बालकोटमा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल, केन्द्रीय सदस्य धर्मदत्त देवकोटा, नेतृ सीता ढकाल, काठमाडौं क्षेत्र नं ४ निर्वाचन परिचालन कमिटीका सह–संयोजक केदारराज पुडासैनी, सदस्य चित्र दाहाल, कुमार कसजु, शम्भु प्रसाद भट्टराई, शिक्षासेवी शम्भु अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्