Logo

बागमती पेज

फाल्गुन २५, २०७९ बिहीबार

पशुपति क्याम्पस अनेरास्ववियुको स्ववियु सभापति उम्मेदवारमा प्रकाश अधिकारी


काठमाडौँ । चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि पशुपति बहुमुखी क्याम्पसमा अनेरास्ववियुका तर्फबाट सभापतिको उम्मेदवारमा प्रकाश अधिकारीलाई चयन गरिएको छ।

अनेरास्ववियुका केन्द्रीय कमिटी सदस्य रहेका अधिकारी यस अघि सोहि क्याम्पस कमिटीको अध्यक्ष रहेका थिए। लामो समयदेखि अनेरास्ववियुमा क्रियाशील रहेका अधिकारीले पशुपति क्याम्पसमा शैक्षिक सुधार र विद्यार्थी हकहितका लागि आवाज उठाउदै आएका छन् ।

पशुपति क्याम्पसको गरिमा बढाउदै उन्नत र व्यवस्थित शैक्षिक संस्थाका रुपमा विकास गर्न तथा विद्यार्थीहरुको समग्र हितका लागि आफ्नो उम्मेद्वारी रहेको बताउदै अधिकारीले सहयोगका लागि सबैलाई अनुरोध गरेका छन् ।