Logo

बागमती पेज

कार्तिक ८, २०७९ मंगलबार

तिहारको बिदामा पनि निगमका डिपोहरुले तेल बेच्ने


काठमाडौं । नेपाल आयल निगमले तिहार बिदामा पनि देशैभर पेट्रोलियम पदार्थको बिक्री वितरण सहज बनाउने बताएको छ ।

निगमकाअनुसार सार्वजनिक विदाका दिनमा पनि देशभरका १३ वटा प्रादेशिक तथा डिपो कार्यालयहरुबाट पेट्रोल पम्पहरुलाई इन्धन बिक्रीको व्यवस्था गरिएको छ ।

जसअनुसार एक नम्बर प्रादेशिक कार्यालय विराटनगरबाट कात्तिक ८ र ११ गते, मधेश प्रदेश अमलेखगन्जबाट ७ र ११ गते, बागमती प्रादेशिक कार्यालय थानकोट र गण्डकी प्रादेशिक कार्यालय पोखरामा ८, ९ र १२ गते, लुम्बिनी प्रादेशिक कार्यालय भैरहवाबाट ८ र ११ गते, कणर्ाली प्रादेशिक डिपो सुर्खेत र सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीबाट ७ र ११ गते इन्धन बिक्रीको व्यवस्स्था मिलाइएको निगमले जनाएको छ ।