काठमाडौँ । उडान योग्य एक मात्र जहाज ग्राउण्डेड भएसँगै नेपाल वायुसेवा निगमको आन्तरिक उडान बन्द भएको । निगम स्रोतका अनुसार पश्चिमका विमानस्थलमा उडानमा रहेको ट्वीनअटर जहाज ग्राउण्डेड भएसँगै निगमको आन्तरिक उडान ठप्प भएको हो ।
निगमका एक अधिकारीका अनुसार जहाज मर्मतका लागि प्राविधिक टोली नेपालगञ्ज पुगेको छ । ‘सम्भवतः आज बन्छ होला’ उनले भने । निगमसँग उडान योग्य दुई ट्वीनअटर जहाज रहेकोमा एउटा लामो समयदेखि काठमाडौंमै ग्राउण्डेड रहेको छ ।
अर्को एक जहाज समेत बिग्रिएपछि निगमको आन्तरिक उडान प्रभावित बनेको हो । निगमले सातामा आधा समय पूर्वी पहाड र आधा समय पश्चिम पहाड तथा हिमाली भेगमा तालिका राखेर उडान गर्दै आएको छ ।
निगमसँग आन्तरिक उडानमा चिनियाँ जहाज भए पनि यी जहाज नउडाउने निर्णय गरी थन्किएका छन् । भएको एउटा जहाज पनि बिग्रिएपछि आन्तरिक उडान प्रभावित भएको हो ।
प्रतिक्रिया दिनुहोस्