Logo

बागमती पेज

कार्तिक १५, २०७९ मंगलबार

ओलीले पार्टी कब्जा गरेर संविधानमाथि प्रहार गरे: नेता भुसाल


काठमाडौँ । नेकपा एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवार बनेका घनश्याम भुसालले चुनाव जित्नका लागि मात्र नभई संविधानलाई बचाउन गठबन्धन गर्नुपरेको बताएका छन् ।

सोमवार रुपन्देही क्षेत्र नं–१, ख को निर्वाचन प्रचार प्रसार तथा परिचालन मूल समितिको कार्यालय उद्घाटन गर्दै भुसालले केपी ओलीले संविधान नै ध्वस्त पारेर मुलुकलाई फेरी द्वन्द्वतिर धकेल्ने प्रयास गरेकाले संविधान जोगाउनका लागि गठबन्धन बनेको बताएका हुन् ।

केपी शर्मा ओलीले पार्टीलाई नै कब्जा गरेर संविधानमाथि प्रहार गरेको पनि बताए । उनले केपी ओलीको दम्भका कारण आफूले पार्टी त्याग गर्नुपरेको बताउँदै लोकतन्त्र रोज्ने की ओली रोज्ने क्रममा आफूले संविधान बचाउने काम रोजेको जिकिर गरे । भुसालले राजनीति स्थिरता, देशको विकास, समृद्धिका लागी पनि आफूहरूले जित्नुपर्ने बताए ।