Logo

बागमती पेज

कार्तिक १५, २०७९ मंगलबार

मंसिर ४ एमाले सरकार : ओली


काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गते एमालेको सरकार हुने ठोकुवा गरेका छन् । घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै ओली मंसिर ४ एमाले सरकार भन्दै नारा दिएका छन् ।

‘जनताले सबै राजनीतिक पार्टीहरूलाई हेरेका छन् । राजनीतिक पार्टीका भिजनहरु देखेका छन् । पोलिसी र प्रतिवद्धतताहरु देखेका छन् । यो सबै देखेका छन् । त्यसर्थ मंसिर ४ एमाले सरकार हो’ ओलीले भने, ‘यो अवश्य हुन्छ । त्यो भएपछि भन्दिने मात्रै होइन ग्यारेन्टी गर्छौ ।

नेपाल राष्ट्र वैंकले नोटमा लेख्या हुन्छ यसको भुक्तानी माग्न आएमा रु यति तुरुन्त भुक्तानी दिइने छ । नोट कागजको टुक्रा मात्रै होइन । त्यसका पछाडि राष्ट्र बैंक ग्यारेन्टी छ । त्यसै गरेर पिस अफ पेपर मात्रै होइन राष्ट्र बैंकले जस्तै घोषणापत्रका अक्षरको एमालेले ग्यारेन्टी गर्नेछ ।’