Logo

बागमती पेज

कार्तिक १६, २०७९ बुधबार

आयोगले सोध्यो ७१ जना उम्मेदवारलाई स्पष्टीकरण


काठमाडौं : कुनैपनि उम्मेदवारले निर्वाचन क्षेत्रमा सभा सम्मेलन आयोजना गर्न मञ्च बनाउँदा लागेको खर्च विवरण निर्वाचन आयोगमा बुझाउनुपर्ने भएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बुधबार आयोगको पत्रकार सम्मेलनमा जुनसुकै उम्मेदवारहरूले चुनावी क्षेत्रमा चुनावी सभा सम्मेलन गर्दा भएको खर्च चुनाव सकिएको १५ दिनभित्र पेश गर्न उम्मेदवारहरूलाई निर्देशन दिएको जानकारी दिए ।

साथै उनले आयोगले संघीय र प्रदेश सरकारका मन्त्रीले चुनाव प्रचारप्रसारमा जाँदा अनुमति लिनुपर्ने भन्दै अनुमति लिएर चुनाव प्रचारमा गएकाहरुले सरकारी स्रोत साधन प्रयोग गरेको वा नगरेको निगरानी गर्ने बताए ।

आयोगले असोज १२ देखि अहिलेसम्म निर्वाचन आचारसंहिता विपरीत गर्ने ७१ जनालाई स्पष्टीकरण सोधिएको पनि बताए ।​