Logo

बागमती पेज

कार्तिक २४, २०७९ बिहीबार

राप्रपाको चुनावी अभियानमा सक्रिय हुने मनिषा कोइरालाको घोषणा


काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पक्षमा चुनावी अभियानमा सक्रिय हुने घोषणा गरेकी छिन् ।

मनिषाले राप्रपाको कार्तिक २५ गते काठमाडौँको वसन्तपुरमा दिउँसो १ बजे हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम निश्चित भएको छ । काठमाडौँ अघि उनले पोखरा र स्याङ्जामा हुने सभालाई पनि सम्बोधन गर्ने जानकारीमा उल्लेख छ ।

उनले आफ्नो व्यस्त तालिकाबाट केही समय निकालेर राप्रपाको पक्षमा चुनावी अभियानमा सक्रिय हुनका लागि घर फर्कन लागेको जानकारी ट्वीटरमार्फत् दिएकी छिन् ।