Logo

भवानी कार्की

कार्तिक २७, २०७९ आईतबार

पर्यटकिय दोलखा बनाउने लक्ष्य छ : उम्मेदवार केसी


काठमाडौँ । आसन्न मंसिर ४ मा हुने निर्वाचनका लागि दोलखा प्रदेशतर्फ निर्वाचन क्षेत्र नं २ मा नेकपा एमालेबाट उम्मेदवार बनेका भरत बहादुर केसीले पर्यटकिय दोलखा बनाउने लक्ष्य रहेको बताएका छन् ।

उम्मेदवार केसीले बागमती पेजसँग कुरा गर्दै विगतमा भिमेश्वर नगरको नेतृत्व गर्दाका अधुरा र अपुरा काम पुरा गर्दै विभिन्न पर्यटकिय क्षेत्रको प्रवर्धन गर्न र समृद्ध दोलखा निर्माण गर्ने योजना रहेको  बताए ।

उनले ६५० वाटको तामाकोशी जलविद्युत आयोजना सफल बनाउने, खरिढुङ्गा म्याग्नेटसाईडलाई व्यवस्थित बनाउने, शैलुङ्गेश्वर, देउलाङ्गेश्वर, कालिञ्चोक, विगु गुम्बा लगायतका धार्मिक स्थललाई सदावहार पर्यटकिय स्थल बनाउन सक्दो पहल गर्ने र सदरमुकाम चरिकोटलाई मुख्य पर्यटकिय गन्तव्यको रुपमा विकास गर्ने जनाए ।

आफ्नो निर्वाचन क्षेत्र भित्र रहेका ४ वटा पालिकामा पर्ने ३४ वटै वडा भित्रका सडकहरु धुलोमुक्त बनाउने, सडक सञ्जाल नपुगेका स्थानमा सडक निर्माणको लागि पहल गर्ने समेत बताए ।