Logo

बागमती पेज

कार्तिक २९, २०७९ मंगलबार

दोलखामा एमालेको लाल किल्ला तोडिने छः उम्मेदवार अधिकारी


काठमाडौँ । दोलखा नेपाली कांग्रेसबाट समानुपातिकतर्फ उम्मेदवार बनेकी नेतृ बिनिता अधिकारीले आसन्न निर्वाचनमा दोलखामा नेकपा एमालेको लाल किल्ला तोडिने बताएकी छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा लामो समय जिल्लामा शासन गरिरहेको एमालेको लाल किल्ला तोडिने बताएकी हुन् ।

एमालेले दोलखामा लामो समय शासन गरे पनि केही काम नगरेको भन्दै नेतृ अधिकारीले एक पटक मत दिएर गठबन्धनका उम्मेदवारलाई परीक्षण गर्न दोलखा जिल्लाबासीलाई आग्रह समेत गरेकी छन् । नेकपा एमालेले धेरै शासन गरेर बादशाह बन्न खोजेकाले वाम लोकतान्त्रिक गठबन्धनलाई बिजयी गराउन आवस्यक रहेको उनको भनाई छ ।

वाम लोकतान्त्रिक गठबन्धनले दोलखामा स्वच्छ छवी भएका प्रतिनिधिसभा तर्फका उम्मेदवार गंगा कार्की (विश्व), प्रदेशसभातर्फ प्रदेशसभा क्षेत्र नम्बर १ का उम्मेदवार कुन्दनराज काफ्ले र प्रदेशसभा २ का उम्मेदवार बर्मा लामालाई चुनावी मैदानमा उतारेकाले जित सुनिश्चित रहेको उनको भनाई छ । नेतृ अधिकारीले गठबन्धनले समुन्नत दोलखा, समृद्ध दोलखालीको अवधारणा सहित पञ्च वर्षिय योजनालाई अघि सारेको बताइन् ।