Logo

बागमती पेज

कार्तिक २९, २०७९ मंगलबार

विकास र समृद्धिका योजना पुरा गर्न गठबन्धनलाई बिजयी गराउन आवस्यकः नेता खड्का


काठमाडौँ । नेकपा माओवादी केन्द्रका युवा नेता एवँ बाम लोकतान्त्रिक गठबन्धन दोलखाका चुनावी कमाण्डर विशाल खड्काले जिल्लाको विकास र समृद्धिकालागि गठबन्धनका उम्मेदवारलाई बिजयी गराउनु पर्ने बताएका छन् ।

बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री समेत रहेका नेता खड्काले प्रदेश सरकार र हालै निर्वाचित स्थानीय सरकारले सुरु गरेका योजनालाई पूर्णता दिन तथा जिल्लाको विकास र समृद्धिका लागि गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन आवस्यक रहेको बताएका हुन ।

आफु मन्त्री बनेपछि दोलखामा बहु महत्वका विकास आयोजना सुरु गरेको भन्दै नेता खड्काले ती आयोजनालाई पूर्णता दिन र गठबन्धनले बिजयी हात पारेको स्थानीय सरकारको योजनालाई साथ दिन पनि प्रदेश र प्रतिनिधिसभामा गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन आवस्यक रहेको धारणा व्यक्त गरे ।