Logo

मेघनाथ पहाडी

कार्तिक २९, २०७९ मंगलबार

शालिनदीलाई पर्यटकिय क्षेत्रको रुपमा स्थापित गर्छु: उम्मेदवार ओनसरी घर्तिमगर


काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं २ कि उम्मेदवार ओनसरी घर्तिमगरले धार्मिक रुपमा चिनिएको शालिनदीलाई महत्वपूर्ण पर्यटकिय क्षेत्रको रुपमा स्थापित गर्ने बताएकी छन् । शंखरापुरलाई कला र सांस्कृतिक ग्राउण्डमा स्थापित गर्ने योजना रहेको उनको उनको भनाई छ ।

काठमाडौँ निर्वाचन क्षेत्र नं २ मा भएको चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार घर्तिमगरले धार्मिक, पुरातात्विक तथा ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण मानिने शाखु स्थित बज्रयोगिनी मन्दिरलाई विश्व सम्पदा सुचिमा राख्न पहल गर्ने बताएकी हुन् ।

३३ सय वर्ष पुरानो ईतिहास बोकेको शंखरापुर क्षेत्रमा भएका महत्वपूर्ण धार्मिक सम्पदाहरुको संरक्षणको अभाव रहेको भन्दै आगामी दिनमा यसको संरक्षण गर्ने प्रतिवद्धता समेत जनाएकी थिइन् ।

उनले भनिन्, “कृषि तथा बन विज्ञान विश्व विद्यालय अन्तर्गत प्राकृतिक श्रोत व्यवस्थापन कलेज नाङ्लेभारेमा स्थापना गर्नेछु । काठमाडौँ क्षेत्र नम्बर २ का जनताको विकास निर्माणको आकांक्षालाई संसद समक्ष पुर्याउने काम मैले गर्नेछु । यतिमात्र नभएर जनताको सेवकको रुपमा काम गर्न प्रतिवद्ध छु ।”

उनले काठमाडौँ भन्दा पुरानो इतिहास बोकेको शंखरापुर क्षेत्रलाई पर्यटकिय गन्तव्यको रुपमा व्यवस्थापना गर्न आवश्यक रहेको जिकिर गरिन् । त्यसैगरी काठमाडौँलाई सुरक्षित र व्यवस्थित सहरको रुपमा स्थापित गर्दै कागेश्वरी मनोहरालाई स्पोर्टस् सिटी बनाउने उद्घोष समेत उल्लेख गरेकी छिन् ।