Logo

बागमती पेज

मंसिर २, २०७९ शुक्रबार

देशकै प्रमुख व्यापारिक नाका बन्द


काठमाडौं । वीरगञ्जको इनर्वास्थित भन्सारको मुख्य सडकमा शुक्रबार सशस्त्र प्रहरीले बेरिकेट लगाई वाहन तथा व्यक्तिको आवतजावतमा रोक लगाएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले निर्वाचनका बेला सीमापारिबाट हुन सकिने सम्भावित आपराधिक गतिविधिलाई रोक्न भारतसंँग जोडिएका जिल्लाको सबै नाकालाई बिहीबार राति १२ बजेदेखि ७२ घण्टाका लागि बन्द गरिएको जानकारी दिनुभयो ।