Logo

बागमती पेज

मंसिर ४, २०७९ आईतबार

गोरखामा भेटिएको शंकास्पद बस्तु सेनाद्वारा डिस्पोज


काठमाडौं: गोरखा नगरपालिका–८ रानिवनमा भेटिएको शंकास्पद बस्तु नेपाली सेनाले डिस्पोज गरेको छ ।

निर्वाचन शुरु भएसँगै द ओल्ड क्यापिटल माध्यमिक विद्यालयमा रहेको मतदानस्थलदेखी ६५ मिटर पर कुकरमा टेप लगाएर तार जोडेको अवस्थामा शंकस्पद बस्तु भेटिएको थियो ।

शंकास्पद बस्तु निस्क्रिय बनाएर अहिले मतदान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए । सो मतदान केन्द्रमा अहिले मतदान भइरहेको छ ।