Logo

बागमती पेज

मंसिर ४, २०७९ आईतबार

देशभर ३५ राउण्ड हवाई फायर, कहाँ-कहाँ ?


काठमाडौं । जारी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका क्रममा आइतबार देशभर ३५ राउन्ड हवाई फायर भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार रौतहटको गरुडा र कनकपुर मतदानस्थलमा तीन राउन्ड हवाई फायर भएको छ।

सिरहाको मिर्चैया बडहरामालमा ३ राउन्ड, चितवनमा एक राउन्ड, दोलखाको गुम्बेश्वरमा एक राउन्ड र हुम्लामा १८ राउन्ड हवाई फायर भएको प्रहरीका केन्द्रीय प्रवक्ता टेकप्रसाद राईले जानकारी दिए ।

हुम्लाको देवकोटा आवि कुनापानीमा १७ राउन्ड र मान्धारा मावि भकुन्डामा १ राउन्ड हवाई फायर भएको छ। यस्तै बाजुरामा ५ राउन्ड र डोटीमा ४ राउन्ड हवाई फायर भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।