Logo

बागमती पेज

मंसिर ५, २०७९ सोमबार

काठमाडौं-७ मा एमालेका श्याम घिमिरेको अग्रता


काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ मा नेकपा एमालेका श्याम घिमिरेले अग्रता लिएका छन् । पछिल्लो परिणामअनुसार घिमिरेले ९५० मत प्राप्त गर्दा उनलाई पछ्याइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले ८५६ मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा रहेकी नेपाल समाजवादी पार्टीकी मानुषी यमी भट्टराईले ६९८ मत प्राप्त गरेकी छन् । यमी सत्ता गठबन्धनकी उम्मेदवार हुन् । अहिलेसम्म ३ हजार ६५८ मत गणना भइसकेको छ ।