Logo

बागमती पेज

मंसिर १२, २०७९ सोमबार

थापाथलीमा घरेलु हतियारसहित प्रदर्शन


काठमाडौँ । थापाथलीस्थित सुकुम्बासी बस्तीमा काठमाडौं महानगरले डोजर चलाउने भएपछि सुकुम्बासीहरू हिंसात्मक आन्दोलनमा उत्रिएका छन् । महानगर प्रहरीका एसपी राजु पाण्डेको टाउको फुटाइसकेका उनीहरूले खुँडा, खुकुरी, भाला, रड, इँटालगायत हतियार बोकेर आन्दोलन गरिरहेका छन् ।

एकतिर आन्दोलन गरिरहेका छन् भने अर्कातिर टहराबाट सामानहरू बाहिर निकालेर सुरक्षित तयारी पनि गरिसकेका छन् । सबै सामानलाई सुरक्षित स्थानमा राखेर उनीहरू नाराबाजी गर्दै टायर बालिरहेका छन् । तीनतिरको बाटोबाट प्रहरी र डोजर छिर्ने भयले त्रसित उनीहरू तीनै चोकमा अलर्ट अवस्थामा पनि छन् ।

महानगरका आधा दर्जन प्रहरीलाइ घाइते बनाइसकेका उनीहरू खुकुरी नचाउँदै हिंसात्मक हुने संकेत गरिरहेका छन् ।