Logo

बागमती पेज

मंसिर १३, २०७९ मंगलबार

सर्वोच्चको गेट अगाडी एक युवती भावविहल, खुलेन न्यायको ढोका 


काठमाडौँ । मंगलबार बिहान १० बजे एक युवतीले सर्वोच्चको गेट अगाडी रातो रङ्ग मिसिएको पानी छर्दे आफूले न्याय नपाएको संकेत गरिन । सेतो पहिरनमा आएकी उनले एक्कासि रातो रङ्ग सर्वोच्चको गेटमा पोख्दै बिलौना गर्न थालिन, “मलाई न्याय  चाहियो, मलाई न्याय खोइ” यति भन्दै थिइन प्रहरीले उनलाई लछार पछार गर्दे गाडीमा हाल्यो । 

उनी भन्दै थिइन्, “सबै भ्रष्ट्राचारीहरु हुन् । सबै जना पैसामा बिक्यो, न्यायधीस पैसामा बिक्यो, अदालत पैसामा बिक्यो मैले कहाँ गएर न्याय पाउने, अपराधीलाई कारबाही गर ।”

यती भन्न नपाउँदै उनलाई प्रहरीले नियन्त्रणमा लियो । देशको न्यायालय सर्वोच्च अदालतको गेटमा एक महिलाले हार गुहार गरिरहँदा न्यायालय भने चुपचाप बसेको छ । 

सर्वोच्चको गेट अगाडी हिम्मतले न्याय माग्न पुगेकी युवती हुन् बिनु यादव जो श्रीमान् र घरेलु हिंसाबाट पीडित थिइन् । उनले न्यायका लागी श्रीमान् विरुद्ध मुद्दा हालेकी थिइन तर उनले हालेको मुद्दा पाटन उच्च अदालतमा विचाराधीन छ । यस अघि उनले रामेछाप जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन् । 

पटक–पटक न्यायालय पुगेकी यादवले न्याय नपाएपछि आफूले रातो रङ्ग छरेर प्रदर्शन गरेको दाबी गरेकी छन् । रामेछाप जिल्ला अदालत परिसरमै उनले विष समेत सेवान गरेकी थिइन् । 

को हुन् उनका श्रीमान्

सिराहा घर भए पनि बुवासँग सोलुखुम्बु बस्दै आएकी थिइन बिनु । त्यहाँ रहने क्रममा उनको प्रदीप कठायतसंग भेट भयो । प्रदीपले बिनुको बारेमा धेरै चासो लिने गर्दथे र केयर पनि गर्ने बिनुको भनाई छ । घरको पारीवारीक अवस्थाका कारण जापान जान तयार बनेकी बिनुलाई प्रदीपले जापान नजान सल्लाह दिया आफूलाई धेरै माया देखाएका कारण बिनुले पनि प्रदीपको सल्लाह मानिन । 

साथिको प्रेम सम्बन्धमा परिणत भएको यो सम्बन्धनै बिनुको लागी अभिशाप बन्यो । प्रदीपको हुनेखाने परिवारको केटा थियो । काठमाडौँमा घर,जग्गा सबै जना परिवारका सदस्य हुनेखाने घर थियो । पढाइका लागी बिनु पनि काठमाडौँ आइन् बिनु कपनमा बस्थिन् । 

काठमाडौँ बस्नेक्रममा प्रदीपले बिहेअगाडीनै धेरै शारीरिक सम्बन्ध राखेको बिनु बताउँछिन् । बिहे गर्ने सपना देखाएर प्रदीपले धेरैचोटी सम्बन्ध राखेका रहेछन् जस कारण बिनु प्रेगनेन्ट समेत भएकी थिइन् । तर बच्चा गलत ठाउँमा बसेकाले बच्चा खेर गएको विपुले बताइन । आफूमाथि दिनहुँ सम्बन्ध राख्ने प्रदीपको नियत भने अर्कै रहेछ । बच्चाको लागी अप्रेसन गरेकी बिनु थला परेको समयमा समेत प्रदीपले जबरजस्ती सम्बन्ध राखेको थिए । 

बिनुलाई बिरामी अवस्थामा छाडेर अन्य युवतिहरूसँग रमाइलो गर्न पुग्दथे प्रदीप । बिनुलाई छाडी दिएर अर्कै केटीसँग बिहे गर्ने प्रदीपको योजना रहेछ । यो थाहा पाएपछि विपुले प्रदीपसंग झगडा समेत गरिन् । तर प्रदीपले बिहे गर्न मानेनन् बोरु उल्टै धम्काउन थाले तर बिनु पछि हटिनन् उनी बौद्ध, चक्रपथ र कपन चौकीमा गइन । त्यहाँबाट कालीमाटी टेकुमा केस, पुग्यो बिनुको भनाई छ ।

धेरै प्रयास गर्दा पनि उनले न्याय नपाएपछि प्रदीपको परिवारले कसैलाई नबोलाई बिनुको बिहे प्रदीपसंग गरिदियो । तर बिनु बिहेकै दिन देखी घरेलु हिंसामा परिन् । सासू, ससुरा, नन्द सबै मिलेर कुटपिट गर्थे । काका ससुरा पर्नेले पर्नेले त आफूमाथि जबरजस्ती गरेको समेत बिनुको भनाई छ । 

बिहे पश्चात् दोस्रो पटक गर्भवती भएकी थिइन बिनु तर बच्चा बिनुको कोखमा धेरै समय रहन पाएन । बच्चा नजन्माउन धम्की दिरहेका प्रदीपका परिवारले एक दिन प्रदीप घर नभएको समयमा घरका सबै सदस्य मिलेर जबरजस्ती बच्चा खेर जाने औषधी खुवाए पछि बिनुको दोस्रो बच्चा पनि खेर गएको थियो । बिनु भन्छिन्,“थाहा छैन के औषधी खुवाए त्यो औषधीको कारण म कहिल्यै आमा बन्न सक्दिन ।”

प्रदीपले बिनुसँग गरेको विवाह दर्ता पनि झुटो थियो । श्रीमानको बेवास्ता र घरेलु हिंसामा परेकी बिनुले न्यायका लागी कानुनको ढोका ढकढक्याइन तर कानुनले पनि उनको रक्षा गरेन । उनले दर्ता गरेका मुद्धाहरु अझै पनि विचाराधीन अवस्थामा छन् । त्यस कारण उनी सर्वोच्चको गेट अगाडी न्याय माग्न पुगेकी थिइन तर प्रहरीले लछारपछार पार्दे उनले गाडीमा हालेको थियो । 

प्रदीप, प्रदीपका परिवारका सदस्य, वडा सचिव, बच्चा खेर जाने औषधी दिने डाक्टर प्रदीपका मामा जो डिएसपी पनि हुन् लगाएताका पात्रहरू आफ्नो दोषी भएको बिनुको दाबी छ ।