Logo

बागमती पेज

मंसिर १४, २०७९ बुधबार

गगनको घरमा दुई महामन्त्रीको बधाई साटासाट


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बधाई साटासाट गरेका छन् । उनीहरुले भर्खर सम्पन्न निर्वाचनमा विजयी बनेकोमा एकअर्कालाई बधाई दिएका हुन् । उनीहरबीच थापाको घरमै बधाई आदानप्रदान भएको हो ।

शर्माले सामाजिक सञ्जाल फेसबुकमा थापासँगको तस्बिर सेयर गर्दै लेखेका छन्, ‘जुटौं, अब एकएक गरेर, जितौं अग्रजहरुको पनि विश्वास, सम्हालौं संयमले कमान्ड, भरौं देशमा नवीन आत्मविश्वास ।’

शर्माले गगनलाई विजयी बनेलगत्तै बधाई दिँदै आफूले संसदीय दलको नेता हुँदै प्रधानमन्त्रीका लागि प्रस्ताव गर्ने भन्दै पोस्ट गरेका थिए । थापा काठमाडौं ४ बाट निर्वाचित बनेका हुन् भने शर्मा झापा १ बाट संसद प्रवेश गरेका हुन् ।