Logo

बागमती पेज

मंसिर १६, २०७९ शुक्रबार

आफ्नै घरको छतबाट खसेर भक्तपुरमा युवकको मृत्यु


भक्तपुर : भक्तपुरको मध्यपुर थिमी नगरपालिका-६ मिलरोडमा आफ्नै घरको छतबाट खसेर एकजनाको युवकको ज्यान गएको छ ।

मिलरोडमा रहेको भुवन श्रेष्ठको साढे चार तले पक्की घरको चौथौ तलाबाट खसेर उनका १७ वर्षीय छोरा भुमिनलाल श्रेष्ठको मृत्यु भएको हो ।

घरबाट खसेर छिमेकीको घर कम्पाउन्डमा पछारिएपछि उनी गम्भीर घाइते भएका थिए । घाइतेपछि उपचारका लागि नजिकैको नागरिक अस्पताल थिमि लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

परिसरका सूचना अधिकृत राजु पाण्डेले घटनास्थलमा अनुसन्धान अधिकृतसहितको टोली खटी प्रारम्भिक अनुसन्धान गरिएकाले घटनाबारे थप जानकारी लिने काम भइरहेको बताए ।