Logo

बागमती पेज

मंसिर १८, २०७९ आईतबार

गोकुल बास्कोटाको घरमा फेला परेको शङ्कास्पद वस्तु निष्क्रिय पारियो


काठमाडौं : नेकपा एमालेका नेता तथा काभ्रे २ बाट नवनिर्वाचित सांसद गोकुल बास्कोटाको घरमा भेटिएको शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ ।

भक्तपुरको मध्यपुरथिमी नगरपालिका वडा नम्बर १ लोकन्थलीमा रहेका बास्कोटाको घरमा आइतबार बिहान शङ्कास्पद वस्तु फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिएका थिए ।

उनका अनुसार तार जोडिएको अवस्थामा प्रेसर कुकर देखिएको थियो । यसअघि पनि बास्कोटाको निर्माणाधीन घरमा बस विस्फोट गराइएको थियो ।

घटनाको बेला बास्कोटाको घरमा उनकी श्रीमती र ठुलो छोरा मात्र घरमा थिए । छिमेकीले बेवारिसे अवस्थामा कुकर देखेपछि परिवारलाई खबर गरेका थिए ।