Logo

बागमती पेज

मंसिर १८, २०७९ आईतबार

अन्तर्घात भएर चुनाव हारियो, नेताहरुलाई कारवाही हुन्छ: उम्मेदवार बर्मा लामा


काठमाडौँ। भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली काङ्ग्रेसका ठूला नेताले अन्तर्घात गरेको भन्दै नेपाली काङ्ग्रेस दोलखाका सभापति वर्मा लामाले कारबाही गर्ने चेतावनी दिएका छन् ।

दोलखाको प्रदेशसभा २ का उम्मेद्वार समेत रहेका लामाले मतगणना जारी रहेकै बेला शनिबार विहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर अन्तर्घात गर्ने आफ्नै पार्टीका नेतालाई कारबाही गर्ने चेतावनी दिएका हुन् । काङ्ग्रेसकै ठूला नेतामा घरभित्र बसेर घर भत्काउने मुसा प्रवृत्ति प्रमाणित भएको र यो रोगको अप्रेसन गर्ने तयारीमा आफू रहेको भन्दै सभापति लामाले कारबाहीको धम्की दिएका हुन् ।

पैसाको बलमा खेमा परिचालन गरेको लामाको आरोप छ । मतगणनाको शुरुवातीदेखि नै अग्रता लिएका लामाले नेकपा एमालेका उम्मेद्वार भरत केसीसँग मतान्तर कम हुँदै गएपछि आफू विजयी हुने आशा जिवितै रहेको उल्लेख गरे।

पछिल्लो मतपरिणाम अनुसार लामाले १० हजार ४ सय ७२ मत प्राप्त गरेका हुन् । भने एमालेका केसीले ९ हजार ८ सय ३ मत प्राप्त गरेका छन् ।

यस्तो छ लामाको फेसबुक स्टाटसः
जितको आशा अझै जिवितै छ।
दोलखा प्रदेश २ को जनता प्रति जीवन भरि आभारी रहने छु।
दोलखाको केहि ठुला काँग्रेसको नेताहरुले रकम कलमको बलमा खेमा परिचालन गरेर (धमिरा,मुसा प्रबृत्ति) घरभित्रै बसेर घर भत्काउने काम गरेको प्रमाणित भएको छ, यो एक प्रकारको रोग हो यो रोगको अप्रेसन गर्ने तयारीमा छु सबै ईमान्दार काँग्रेसको सहयोगको आसा राखेको छु। जयनेपाल ।
बर्मा लामा
तपाईंको प्रिय साथी