Logo

बागमती पेज

मंसिर २६, २०७९ सोमबार

सरस्वतीनगर सुधार संघबाट धेरैकुरा सिक्न आवश्यक: अध्यक्ष लामा


काठमाडौं । काठमाडौं महानगरपालिका–६ का वडाध्यक्ष भुवन लामाले सरस्वतीनगर सुधार संघबाट अन्य टोलसुधार समितिले धेरैकुरा सिक्न आवश्यक रहेको धाराणा व्यक्त गरेका छन् ।

शनिबार सम्पन्न सरस्वतीनगर सुधार संघको १४ औं वार्षिक साधारणसभाका प्रमुख अतिथि समेत रहेका लामाले छोटो समयमा धेरै काम गरेको बताएका थिए । उनले वडा भरिकै नमूना रहेकोमा खुशी व्यक्र समेत गरे ।

वडा भित्रका तथा हरेक टोलमा वडा तथा महानगरबाट आवश्यक सहयोग गर्ने भन्दै सरस्वतीनगरमा विशेष ध्यान दिने प्रतिवद्धता समेत जनाएका थिए ।

कार्यक्रमका सभापति एवं सुधार संघका अध्यक्ष पेशल कुमार पहाडीले आफु निर्वाचित भएर आएदेखी सुधार संघको कार्यक्षेत्र भित्र ढल, सडक कालो पत्रे, सडक ढलान, फोहोर मैला व्यवस्थापन, सडक बत्ती लगाएत धेरै कामगरु सम्पन्न भएको जनाएका थिए । उनले आगामी कार्यकालका लागि सरस्वतीनगरवासीले निर्वाचित वा सर्वसम्मत रुपमा अनुमोदन गर्ने कार्य समितिले पूरा गर्न बाकी कामहरु पूरा गर्ने भन्दै थप सहयोग गर्ने बताए ।

कार्यक्रममा संघका सचिव शालिकराम तिमिल्सिनाले संघले सुधार संघको कार्य क्षेत्रभित्र आव ०७७/०७८ र ०७८/०७९ मा गरेका कामहरुको कार्य प्रगति विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा संघका कोषाध्यक्ष बद्रीकुमार उपाध्यायले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बुनपा १० वडा अध्यक्ष नवराज भट्टराई, ११ वडा अध्यक्ष राजु अधिकारी, १२ वडा अध्यक्ष शम्भु भट्टराई, संघका सल्लाहकार रोजन गुरुङ, संघका पुर्व अध्यक्ष रघुनाथ भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा स्वागत मन्तव्य संघका उपाध्यक्ष अष्ठबहादुर गुरुङले राखेका थिए ।

सुधार संघलाई आर्थिक सहयोग गर्ने चन्दादाता एवं समाज सेवीहरुलाई कार्यक्रममा सम्मान पत्र सहित सम्मान गरिएको थियो ।

साधारणसभाले २ वर्षे कार्यकालमा भएका कामहरुलाई अनुमोदन गर्दै आगामी कार्यकालको कार्यसमिति पदाधिकारीहरुको निर्वाचनका लागि स्थानीय समाजसेवी खगेन्द्र उप्रेतीको संयोजकत्वमा निर्वाचन समिती गठन गरेको छ ।