Logo

बागमती पेज

पुस ३, २०७९ आईतबार

वीर अस्पतालका १२ जना डाक्टर र नर्स बेपत्ता, ३० दिनभित्र नआए कारवाही गर्ने


काठमाडौँ । वीर अस्पतालले लामो समयदेखि बेपत्ता कर्मचारीलाई काम गर्न आउन ताकेतासहित सूचना निकालेको छ । लामो समयदेखि विना जानकारी कार्यालयमा नआएपछि अस्पतालले १२ जनालाई ३० दिनभित्र हाजिर हुन आउन भनेको हो ।

वीरका अनुसार बिदा स्वीकृत नगराई विना जानकारी काममा नआउनेमा एक चिकित्सक, ९ जना स्टाफ नर्स र २ जना अनमी छन् । उनीहरूलाई बीचमा आफन्त तथा अन्य साथीभाइमार्फत सम्पर्क गर्न खोज्दासम्म कोही नआएपछि बाध्य भएर सूचना निकाल्नुपरेको अस्पताल प्रशासनले जनाएको छ ।

वीरद्वारा जारी सूचनामा अबको ३० दिनभित्र हाजिर हुन नआए चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को कर्मचारी सेवाका सर्त तथा सुविधासम्बन्धी नियमावली र स्वास्थ्य सेवा ऐनअनुसार कारबाही गरिने उल्लेख छ ।