Logo

बागमती पेज

पुस ५, २०७९ मंगलबार

पार्टी कार्यकर्तालाई अश्लिल म्यासेज पठाउने माओवादी नेता बजगाई निलम्बित


काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य बद्री बजगाईँलाई पार्टीले निलम्बन गरेको छ। पार्टीको भातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी) मा कार्यरत महिला कार्यकर्ताले दिएको उजुरी र सामाजिक सञ्जाल फेसबुकबाट पठाइएको अश्लिल म्यसेजहरूको प्रतिलिपीसहित बागमती प्रदेश कार्यालयको सिफारिसको आधारमा उनलाई निलम्बन गरिएको हो।

गत ३ पुसमा पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको केन्द्रीय पदाधिकारी बैठकले उनलाई निलम्बन गरेको हो बजागाइँविरुद्ध आफ्नै कार्यकर्तालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो।

ङ्सिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ३ बाट उम्मेदवार समेत रहेका बजगाईँले सोही पार्टीमा आबद्ध एक किशोरीलाई एकदमै तुच्छ शब्दहरू प्रयोग गरेकाले पार्टीबाट कारबाहीको माग गर्दै पीडितले उजुरी दिएकी थिइन् ।

छोरी भन्दै च्याट गर्ने र गलत नियतले अश्लील शब्द प्रयोग गरेपछि बजगाईँलाई ती किशोरीले फेसबुकबाट ब्लक गरेको जनाएकी छन् । पीडित किशोरीले उजुरीमा बुवा समान मानेका नेताबाट सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जरबाट कल्पना सम्म गर्न नसकिने निकृष्ट र तुच्छ शब्द सहित यौन ह्यारेसमेन्ट गरी मानसिक रूपमा हिंसा गर्ने सम्मको हर्कत गरेको जानकारी दिदै आवस्यक कारवाहीको माग गरेकी थिइन् ।