Logo

बागमती पेज

पुस ७, २०७९ बिहीबार

उडेको ५ मिनेटमै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जब विमान अवतरण भयो…


नागरिक उडड्यन प्राधिकरणले पुस १७ गतेदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने अन्तिम तयारी गरेको छ । बिहीबार प्राधिकरणको सहयोगमा यती र बुद्ध एयरलाइन्सको विमानले डेमो उडान सफलतापूर्वक गरेका छन् ।

दुवै कम्पनीका विमान पुरानो विमानस्थलबाट उडेर नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । पुरानो विमानस्थलबाट उडेको ५ मिनेटमै पोखरा–१४ स्थित अन्तर्राष्ट्रिय विमानस्थलमा ती विमान अवतरण गरेका हुन् ।

विमानमा सवार पत्रकार अनिष भट्टराईका अनुसार २ बजे भनिएको उडान २५ मिनेट ढिला उडाइएको थियो । ‘डेमो उडान भनेपछि हामीहरू १ बजे नै पुरानो विमानस्थल पुगेका थियौं । हामी पुग्दा यती एयरलाइन्सको विमान उड्ने तयारी गरेको थियो । म बुद्ध एयरलाइन्समा चढेको थिएँ,’ उनले भने, ‘बुद्ध एयरले टेक अफ गरेको ५ मिनेटमै सफलताको साथ टेक इन गर्यो ।’