Logo

बागमती पेज

पुस ११, २०७९ सोमबार

बालुवाटरमा भड्किलो सामान खरिद नगर्न प्रचण्डको निर्देशन


काठमाडौं : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा भड्किलो तवरबाट सामान खरिद नगर्न निर्देशन दिएका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आवश्यक पर्ने कुनै पनि नयाँ तथा भड्किलो सरसमान खरिद नगर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।

प्रचण्डले स्वकीय सचिवालयमार्फत प्रधानमन्त्री कार्यालयको निवास व्यवस्थापन शाखालाई निर्देशन दिएका हुन्।