Logo

बागमती पेज

पुस १२, २०७९ मंगलबार

पिकनिकमा मदिरा सेवन गरेर विद्यार्थीलाई दुर्व्यवहार गर्ने तीन शिक्षक पक्राउ


विद्यालयले आयोजना गरेको पिकनिकमा मदिरा सेवन गरेर विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गैँडाकोटका तीन शिक्षकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गैँडाकोटको विजय आधारभूत विद्यालयका प्रधानाध्यापक कृष्ण सापकोटा, कुमार सापकोटा र मदन भट्टराई रहेका छन् ।

उनीहरू गत शनिबार दिउँसो चितवनको कंकाली सामुदायिक वनमा विद्यार्थीसहित पिकनिक गर्न गएका थिए ।

पिकनिकमा मदिरा सेवन गरेर विद्यार्थीहरूलाई दुर्व्यवहार गरेको उनीहरूमाथि अभिभावकहरूको अभियोग छ । पिकनिकमा शिक्षक र विद्यालय व्यवस्थापन समितिका सदस्यहरूसमेत गरी ४० जना सहभागी थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलकप्रसाद सापकोटाले विद्यार्थी र अभिभावकको गुनसोका आधारमा प्रहरीले ती शिक्षकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । – न्युज कारखाना