Logo

बागमती पेज

पुस १३, २०७९ बुधबार

भारतले किन्ने भयो थप दुई नेपाली आयोजनाको बिजुली


काठमाडौं । भारतले थप दुई नेपाली आयोजनाको बिजुली किन्ने भएको छ । भारत सरकारले २४.२५ मेगावाटको काबेली बी १ र १९.४ मेगावाटको तल्लो मोदी आयोजनाको बिजुली निर्यात गर्न अनुमति दिएको हो ।

सुरुमा दुइटा जलविद्युत केन्द्रहरुबाट उत्पादित ३९ मेगावाट विद्युतलाई स्रोत मानी दैनिक रुपमा आईएक्समा बिक्री सुरु गरेको नेपाल विद्युत प्राधिकरणले हालसम्म करिब ४५२ मेगावाट बराबरको आयोजनाको बिजुली निर्यातको अनुमति पाएको छ ।

गएको जेठ २७ देखि ६ वटा जलविद्युत केन्द्रबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री गरिएको थियो । प्राधिकरणले कात्तिक १८ र ३० देखि थप दुई जलविद्युत केन्द्रबाट उत्पादित विद्युत निर्यातका लागि पनि अनुमति पाएको थियो ।

प्राधिकरणले भारतलाई हालसम्म ११ अर्ब रुपैयाँभन्दा बढीको बिजुली बिक्री गरिसकेको जनाएको छ ।