Logo

बागमती पेज

पुस १६, २०७९ शनिबार

कम्बोडिया घटनाप्रति प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त, निराकारको शव ल्याउन पहल गर्ने


काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्बोडियाको क्यासिनोमा भएको आगलागीको घटनाप्रति दुस्ख व्यक्त गरेका छन् ।

घटनामा मृत्यु भएका एक नेपालीसहित १९ जनाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

आगलागीमा परेर झापाको बिर्तामोड नगरपालिका १ घर भएका ४० वर्षीय निराकार पाण्डे सहित १९ जनाको निधन भएको थियो ।

प्रधानमन्त्री प्रचण्डले पाण्डेको शव नेपाल ल्याउन पहल गर्ने बताएका छन् । उनले सम्बन्धित निकायलाई परिचालन गर्न मुख्यसचिवलाई भनेको उल्लेख गरेका छन् ।