Logo

बागमती पेज

पुस १७, २०७९ आईतबार

नयाँ वर्षमा पिउनुभएको छ धेरै रक्सी, यसरी पाउनुहोस् ह्याङ्ओभरबाट छुटकारा


काठमाडौँ । नयाँ वर्षको पूर्व सन्ध्यामा कतिपयले धेरै रक्सी पिएका कारण ह्याङ्ओभर हुनसक्छ । ह्याङ्ओभरका कारण मानिसहरुलाई टाउको दुख्ने, बान्ता हुने, थकानजस्ता समस्याको अनुभव हुनसक्छ । यदि तपाईंको पनि न्यु इयर इभ पार्टीपछि ह्याङ्ओभर भएको छ भने केही घरेलु तरिका छन्, जसको मद्दतले तपाईं ह्याङ्ओभरबाट छुटकारा पाउन सक्नुहुन्छ ।

धेरै पानी पिउनुहोस्
रक्सी पिएपछि धेरै पिसाब लाग्ने गर्छ । यदि रक्सी पिएपछि बान्ता हुने, थकाई लाग्ने वा पसिनाको अनुभव हुन्छ भने शरीर डिहाइड्रेट हुनसक्छ । त्यसैले रक्सी पिउनु अघि र रक्सी पिएपछि धेरै पानी पिउनुहोस् । धेरै पानी पिउँदा पनि ह्याङ्ओभर भइरहेको छ भने बिहान फेरि पानी पिउनुहोस् ।

उचित र राम्रो नास्ता खानुहोस्
ह्याङ्ओभर हुँदा कतिलाई केही खानै मन लाग्दैन, तर पनि बिहान उचित र राम्रो नास्ता गर्नुहोस् । इलेक्ट्रोलाइटयुक्त र सजिलै पच्ने खाद्य पदार्थ खानुहोस् । यसले शरीरलाई आवश्यक पोषक तत्व प्रदान गर्छ । उल्टी महसुस भइरहेको छ भने चाहिँ नास्ता नगर्नुहोस् ।

काँचो फल वा सलाद खानुहोस्
केही रिपोर्टका अनुसार फलफूलको सलाद वा काँचो फल, विशेषगरी स्याउ र केराले ह्याङ्ओभरबाट छुटकारा दिन निकै मद्दत गर्छ । महको एक थोपासहित केराको शेक पनि ह्याङ्ओभर उतार्न निकै सहयोगी हुन्छ । खाली पेटमा स्याउ खाँदा टाउको दुख्न निकै कम हुन्छ ।

कागती पानी पिउनुहोस्
ह्याङ्ओभरबाट छुटकारा पाउन कागती पानी पिउन सकिन्छ । कागतीमा हुने भिटामिन सीले ह्याङ्ओभरबाट राहत पाउन निकै सहयोग गर्छ ।

अदुवा
ह्याङ्ओभरका कारण बान्ता हुन लागेको जस्तो महसुस हुन्छ । एन्टी अक्सिडेन्ट गुण भएका कारण अदुवाले रक्सीको टक्सिनबाट छुटकारा दिलाउन मद्दत गर्छ । यसले उल्टीलगायतका समस्याबाट छुटकारा प्रदान गर्छ । यसको सेवन गर्नका लागि चियामा यसको एउटा टुक्रा प्रयोग गर्न सकिन्छ ।

चिया वा कफी
चिया वा कफीमा भएको क्याफिनले नसालाई कम गर्न मद्दत गर्छ । ह्याङ्ओभरबाट कफी वा चिया पिउँदा ह्याङ्ओभरबाट राहत मिल्न सक्छ ।

नरिवल पानी पिउनुहोस्
नरिवल पानीमा हुने इलेक्ट्रोलाइट्सले शरीरलाई हाइड्रेट राख्न निकै मद्दत गर्छ । ह्याङ्ओभरका कारण भएको शरीरमा पानीको कमीलाई नरिवल पानीले तुरुन्त पूर्ति गर्न सक्छ जसले शरीरलाई पुनः हाइड्रेट गर्न सक्छ । एजेन्सी