काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपतिबारे समझदारीको कोसिस भइरहेको बताएका छन् ।
बिहीबार संसदको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले सभामुखको निर्वाचनमा सत्ता साझेदार दलहरु एकै ठाउँमा उभिएको बताए ।
उनले भने, ‘प्रमुख प्रतिपक्षले पनि (उम्मेदवार) उठायो, बहुमतद्वारा घोषणा भयो । भोलि उपसभामुखको मनोनयन हुन्छ, पर्सि निर्वाचन यही प्रक्रियामा हुन्छ ।’
राष्ट्रपतिमा चाहिं के हुन्छ नि भन्ने प्रश्नमा उनले भने, राष्ट्रपतिको कुरा अझै समय बाँकी छ । हामी सत्ता साझेदार र मेरो पनि कुनै एउटा समझदारी बनिदिए हुन्थ्यो भन्ने कोसिस छ । हामी त्यो कोसिस जारी राख्छौं
प्रतिक्रिया दिनुहोस्