Logo

मेघनाथ पहाडी

माघ १५, २०७९ आईतबार

गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानको रुपमा विकास गर्नुपर्छ: सांसद प्रदीप पौडेल


काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ५ का संघिय सांसद प्रदीप पौडेल शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानकोरुपमा विकास गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । अस्पतालको २७ औं वार्षिकोत्सव समारोहमा सांसद पौडेलले गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानको रुपमा विकास गर्नुपर्ने बताएका हुन् ।

सांसद पौडेलले भने, “गंगालाल राष्ट्रिय हृदय केन्द्र देशको एउटा मात्रै मुटुरोग उपचार केन्द्र हो । यो कुनै प्रादेशिक र पालिका स्तरको जस्तो अस्पताल हैन । त्यसैले यस् अस्पताललाई प्रतिष्ठान बनाउने कुरा राष्ट्रिय आवश्यकता हो । त्यसकारण म प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई यसको प्रक्रिया अगाडी बढाउन अनुरोध समेत गर्दछु ।”

सांसद पौडेलले तुलनात्मक रुपमा अन्य अस्पताल भन्दा शहीद गंगालाल अस्पताल मात्र अस्पताल जस्तो रहेको बताए । मुटुरोग उपचारको एउटा विशिष्ट उपचार र अनुसन्धानको रुपमा दक्षिण एशिया कै विशिष्ट अस्पतालको रुपमा यस अस्पताललाई विकास गर्न आवश्यक रहेको धारणा व्यक्त गरे । गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अगाडी बढाउनु पर्नेमा उनको जोड थियो ।

“सबैथोक स्वास्थ्य हो । मानिस स्वस्थ्य भएमा मात्र धनी र शुखी हुन्छन् । देशका नागररिक स्वस्थ्य भएमा मात्र देश समृद्ध हुन्छ । हाम्रो देशले स्वास्थ्यलाई प्रथामिकतामा राख्न सकेको छ त ? स्वास्थ्यमा देश अनुसारको लगानी भईरहेको छ त ? राज्यको लगानी अनुसारको परिणाम अस्पतालले दिन सकेको छ त ?” विभिन्न प्रश्न उठाउँदै व्यवस्थापन, लगानी तथा ईमान्दारिता मार्फत कसरी हुन्छ अस्पतालतर्फ राज्यले ध्यान दिनुपर्ने सांसद पौडेलको भनाई थियो ।

सांसद प्रदीप पौडेलले औपचारिकतामा सिमित रहेर विकास र परिवर्तन गर्न सकिँदैन भन्दै व्यवहारमा देखिने खालका परिवर्तन हामीले गर्न आवश्यक रहेको बताए । उनले हरेक खालका सकारात्मक परिवर्तनका निम्ति आफू तयार रहेको प्रतिवद्धता समेत जनाए ।