Logo

मेघनाथ पहाडी

माघ १८, २०७९ बुधबार

संसदसम्म बादरको चर्चा, बाली बीमा गर्न अनुरोध


काठमाडौँ । दोलखाका संघिय सांसद ईश्वर बहादुर रिजालले संसदमा बादरको चर्चा गरेका छन् । उनले दोलखामा विगत देखि नै बादर आतंक रहेको बताएका हुन् ।

सांसर रिजालले दोलखा जिल्लामा अहिले बादरको प्रकोप बढेर मानिसहरु कमाई छाडेर हिड्नुपर्ने र बसाँई सर्नुपर्ने बाध्यता रहेको बताए ।

जिल्लामा किसानले लाएको कमाई बादरले खाने र नष्ट गर्ने भएका कारण किसानलाई उठिबास लाएको उनको भनाई छ ।

सांसद रिजालले एउटा अध्ययन टोली बनाएर संविधानको भाग ३ को ३६ खाद्य अधिकारको सुरक्षाको निम्ति बाली बीमाको सुनिश्चित गर्न सभामुख मार्फत सरकारसँग अनुरोध गरेका थिए ।