Logo

बागमती पेज

माघ २८, २०७९ शनिबार

नेपाल-बंगलादेशबीचको व्यवसायिक सम्बन्ध प्रगाढ बनाउनुपर्छ


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सचिव तथा पूर्व सहरी विकास मन्त्री रामकुमारी झाक्रीले नेपाल र बंगलादेश बीचको व्यवसायिक सम्बन्ध प्रगाढ बनाउन आवश्यक रहेको बताईन् ।

अभिवादन एक्सपिडिशन होलिडेजले आयोजना गरेको साउथ यशिया बिजनेश पार्टनरशिप र नेपाल बंगलादेश फ्रेण्डशिप सोसाईटीको कार्यक्रममा पूर्व मन्त्री झाक्रीले नेपाल बंगलादेशका पुराना सम्बन्धहरुलाई बलियो बनाउनका लागि समुदाय समुदायबीचको साझेदारी गर्दै अगाडी बढ्दा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरिन् । उनले दुईदेश बीचको व्यापार साझेदारीकालागि नेपालका विभिन्न कानुन बनाउनुपर्ने र कतिपय कानुन परिमार्जन गर्न आवश्यक रहेको धारणा समेत राखिन् ।

नेकपा एमालेका जिल्ला अध्यक्ष दीपक निरौंलाले दुईदेश बीचमा आपशी सहकार्य गर्दै समजदारी गरेर विभिन्न कामगर्न सकिने बताए । उनले नेपाल बंगलादेशका नागरिक आपसी सम्बन्ध सुमधुर बनेको समेत बताएका थिए । नेपालका धेरै विद्यार्थीहरु बंगलादेशमा गएर स्वास्थ्य विज्ञान क्षेत्रमा गएर राम्रोसँग अध्ययन गर्दै आएको जनाए ।

नेपाल कृषि तथा जडिबुटीको बजार रहेको बताउँदै जडीबुटीलाई बंगलादेशमा बजारीकरण गर्न सकिने धारणा राखे । दुईदेशबीच मैत्रीपुर्ण सम्बन्ध विस्तार गर्दै पर्यटकहरुपनि आदान प्रदान गर्न आवश्यक रहेको बताए ।

साउथ एशिया बिजनेश पार्टनरशिपका अध्यक्ष गोलाम फारुक मजनुले पर्यटन तथा व्यापारिक सम्बन्ध अझ मजबुत बनाउदा दुई देशबीच आर्थिक रुपमा पनि सकारात्मक प्रभाव पर्ने धारणा राखेका थिए ।