Logo

भवानी कार्की

फाल्गुन १, २०७९ सोमबार

भीमेश्वरमा निःशुल्क स्वास्थ्य शिविर


काठमाडौँ । दोलखाको भीमेश्वर नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर भईरहेको छ । नगर भित्रका ज्येष्ठ नागरिक तथा महिलाको स्वास्थ्यलाई मध्यनजर गर्दै माघ २६ गतेदेखि शिविर शुरु गरिएको हो ।

हाल सम्म नगर भित्रका वडा नम्बर १, २, ४, ५ र ७ मा स्वास्थ्य शिविर सम्पन्न भएको नगर प्रमुख ईश्वर मानन्धरले बागमती पेजलाई जानकारी दिएका छन् । उनका अनुसार हाल सम्म नगर भित्रका ५ वटा वडाका कुल ८१२ महिला तथा ज्येष्ठ नागरिकले स्वास्थ्य सेवा लिएका हुन् ।

नगर भित्रका बाँकी ४ वटा वडामा निरन्तर स्वास्थ्य परिक्षण गरिने समेत बताए । वर्षमा २–४ पटक सम्म यस्ता सेवा उपलब्ध गराउन नगरपालिकाले विषेश योजना बनाएको नगर प्रमुख मानन्धरको भनाई छ ।

नगरका स्वास्थ्य शाखा प्रमुख श्याम बहादुर खड्काले आँखा, मुटु, दन्त, खकार, रगत, सुगर, प्रेसर तथा महिलाहरुको पाठेघर क्यान्सरको जाँच तथा उपचार समेत निःशुल्क गरिने जनाए ।

उनले डेन्टल सर्जनद्वारा दाँत तथा अन्य रोगको एमडिजिपी विशेषज्ञद्वारा विभिन्न किसिमका स्वास्थ्य परिक्षण गराउदै आएको समेत बताए ।