Logo

बागमती पेज

फाल्गुन ४, २०७९ बिहीबार

प्रधानमन्त्री दाहाल र ओलीबीच वार्ता, राष्ट्रपतिमा सहमति जुटाउने प्रयास


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच वार्ता भइरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच वार्ता जारी छ ।

दुई नेताहरुबीच राष्ट्रपति निर्वाचनलाई लिएर गठबन्धनका दलहरुबीच देखिएको बेमेलका बारेमा छलफल भइरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपति चयनमा राष्ट्रिय सहमति हुनुपर्ने अडान लिएपछि नेकपा एमालेलगायत सत्ता गठबन्धनका दलहरू रुष्ट रहँदै आएका छन् । दुई नेताबीचको आजको छलफल राष्ट्रपतिमा सहमति जुटाउने प्रयासमै केन्द्रित रहने भएको छ ।