Logo

बागमती पेज

फाल्गुन ६, २०७९ शनिबार

जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाइते


दिपायल । डोटीको केआईसिंह गाउँपालिका–१ लोलीमा शुक्रबार राति जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा केआइसिंह गाउँपालिका–१ डुम्राकोटका ३६ वर्षीय जिप चालक गोविन्द शाही र सोही गाउँपालिकाको वडा नम्बर २ जारीमभाडीका ४१ वर्षीय धनबहादुर तिरूवाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार दुर्घटनामा थप ६ जना घाइते भएका छन् ।

घाइते हुनेमा केआइसिंह गाउँपालिका–१ डुम्राकोटका २७ वर्षीय तेज तिरूवा, सोही ठाउँकी २६ वर्षीया राधा तिरुवा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।