Logo

बागमती पेज

फाल्गुन ११, २०७९ बिहीबार

कपाल झरेर हैरान हुनहुन्छ ? यस्ता छन् रोक्ने घरेलु उपाय


काठमाडौँ । कपाल मानिसको एक चिनारी हो । जसलाई सौन्दर्यको रूप पनि भन्न सकिन्छ । कपाल कसैको जन्मजात नै लामो हुने प्रकृतिको हुन्छ भने कसैको छोटो हुन्छ । कपालका पनि प्रकृति हुन्छन् । कसैको चिल्लो सिल्की हुन्छ भने कसैको कर्ल हुन्छ । जे जस्तो भए पनि कपालले मानिसको छुट्टै पहिचान दिएको हुन्छ ।

जसरी हामीले शरीरको हेरचाह गरिरहेका हुन्छौ त्यसरी नै कपालको पनि हेरचाह गर्न जरुरी हुन्छ । छोरा होस वा छोरी सबैलाई हेल्दी कपाल मन पर्छ । पछिल्लो समय कपाल झर्ने समस्याले सबैलाई सताइरहेको छ । कसैलाई कुनै रोगका कारण पनि अत्यधिक कपाल झर्ने गर्दछ । कपाललाई हेल्दी राख्न वा कपालको संरक्षण गर्ने भन्दै बजारमा धेरै थरीका सामाग्री पनि पाइने गरेका छन्

तर हामीले घरेलु प्रविधिबाट पनि कपालको हेरचाह गर्न सक्छौँ कपाललाई हेल्दी राख्न र कपाल झर्नबाट बचाउन यी कुराहरू लागु गर्न जरुरी छ ।

नम्बर १ मा रहेको छ तोरीको तेलको मसाज । तोरीको तेलले मसाज गर्नाले शरीरमा आराम हुनुका साथै मानसिक तनाव पनि कम हुन जान्छ । हप्ताको एकचोटी कम्तीमा तेलले मालिस गर्नाले कपाल सुरक्षा हुनुका साथै कपालको रेसामा पनि रगतको प्रवाह राम्रोसँग हुन्छ ।

अर्को छ अमला । अमलाले कपालको प्राकृतिक विकासका लागि मद्दत गर्दछ । अमलामा भिटामिन प्रचुर मात्रमा हुने भएकाले यसले कपाल झर्नबाट रोक्न सक्दछ ।

त्यस्तै अर्को छ मेथी । मेथी कपाल झर्ने समस्याका लागि प्रभावकारी औषधी मानिन्छ । मेथीले कपालको विकास सँगै पुन निर्माणमा समेत मद्दत गर्छ ।

प्याजको रस पनि कपाल झर्नबाट रोक्ने उपयोगी माध्यम हो । जसले कपाल झर्न मद्दत गर्ने कीटाणु मार्नमा सहयोग पुर्‍याउँछ । साथै टाउकोमा हुने सङ्क्रमणको समेत उपचार गर्छ ।

र अन्त्यमा रहेको छ एलोभेरा । एलोभेरामा इन्जाइम हुन्छ जसले कपालको स्वास्थ्य विकासमा सहयोग गर्छ । साथै कपाललाई सही स्तरमा विकास गर्न मद्दत गर्छ ।