Logo

बागमती पेज

फाल्गुन १२, २०७९ शुक्रबार

उपत्यकामा प्रतिघण्टा ५० किमि गतिमा मात्र सवारी साधन चलाउन पाइने


काठमाडौँ । काठमाडौँ उपत्यकामा प्रतिघण्टा ५० किमि गतिमा मात्र सवारी साधन चलाउन पाइने भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक सूचना जारी गर्दै यस्तो नियम लागू गरेको हो ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा उल्लेखित गति नियन्त्रणसम्बन्धी व्यवस्था र सडकको भौतिक अवस्थालाई मध्यनजर गरी यस्तो नियम लागू गरिएको जनाइएको छ । उक्त सूचनामा कलङ्की–कोटेश्वर सडकखण्डको ट्रयाकमा प्रतिघण्टा अधिकतम ५० किलोमिटर र सर्भिस ट्रयाकमा प्रतिघण्टा अधिकतम २० किलोमिटर गति तोकिएको छ ।

यस्तै कोटेश्वर–भक्तपुर सडकखण्डमा समेत प्रतिघन्टा ५० किलोमिटर गति तोकिएको छ । यदि नियम लागू नभए ऐनमा उल्लेखभए बमोजिम कारबाही गरिने सूचनामा जनाइएको छ ।