Logo

बागमती पेज

फाल्गुन १५, २०७९ सोमबार

यसपटक राजनीतिक स्थायित्व हुनेमा विश्वस्त छु: प्रधानमन्त्री प्रचण्ड


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र विकास भएको बताएका छन् ।

गोरखास्थित विकास हाइड्रोको आज बिहान बालुवाटारबाट विद्युतीय माध्यमबाट उदघाटन गर्दै प्रचण्डले भने, ‘हामी सुशासन, सामाजिक न्याय र विकासका काममा केन्द्रित भएर लाग्ने छौं ।’

विगतका दिनहरुमा राजनीतिक स्थिरता कायम गर्ने कुरा चुनौतिपूर्ण हुने गरेको भन्दै उनले यसपटक राजनीतिक स्थायित्व दिनेमा आफू विश्वस्त रहेकोसमेत बताए ।

उनले भने, ‘यो वर्ष चुनावी वर्षका रुपमा बित्यो । बैशाखदेखि स्थानीय तहको निर्वाचन त्यसपछि प्रदेश र संघको निर्वाचन र अब राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सकिएपछि निर्वाचन प्रक्रिया ५ वर्षका लागि सकिएको हुन्छ । यसले संविधान कार्यान्वयन प्रक्रिया र विकास निर्माणलाई गति दिनका लागि एउटा नयाँ आधार तयार भएको छ ।’

प्रधानमन्त्री प्रचण्डले हाइड्रो निर्माणमा संलग्नहरुलाई धन्यवाद पनि दिए ।