Logo

बागमती पेज

फाल्गुन १६, २०७९ मंगलबार

जिरी अस्पतालमा ब्लड बैँक स्थापना


काठमाडौँ । दोलखाको जिरी नगरपालिकास्थित जिरी अस्पातालमा रक्तसञ्चार केन्द्र (ब्लड बैँक) स्थापना भएको छ ।

स्वास्थ्य सेवा दिवसको अवसर पारेर अस्पातालमा ब्लड बैँक स्थापना गरिएकोे हो । उक्त सेवा तालिम प्राप्त कर्मचारी राखी सोमबारदेखी नै सञ्चालनमा आएको छ । जिरी नगरपालिकाकी उपप्रमुख कृष्णमाया बुढाथोकी खड्काले ब्लड बैँकको उद्धघाटन गरेकी थिइन । योसँगै जिरी अस्पातालमा कुनै बिरामीलाई ब्लड आवश्यक परेमा सहजै उपलब्ध हुने भएको छ ।

ब्लड बैँक नहुँदा ब्लड आवश्यक परेका बिरामीहरुलाई समस्या हुने गरेको थियो । स्वास्थ्यकर्मी र शल्यक्रिया गराउने विरामीले जोखिम मोल्दै आएका थिए । ब्लड बैंक सञ्चालनमा आएसँगै स्वास्थ्य सेवा दिवसको अवसरमा जिरी नगरपालिकाले रक्तदान कार्यक्रमको पनि आयोजना गरेकोे थियो ।

रक्तदान कार्यक्रममा एक महिला र ५ पुरुषले रक्तदान गरेका छन् । अब कुनै पनि बिरामीलाई ब्लड आवश्यक परेमा सो ब्लड बैंकबाट सहजै ब्लड प्रयोग गर्न सकिने जिरी नगरपालिकाका जनस्वास्थ्य अधिकृत केशव दाहालले जानकारी दिएका छन् ।

अब भने समय–समयमा रक्तदान कार्यक्रमको आयोजना गरी ब्लड जम्मा गर्न सकिने जनस्वास्थ्य अधिकृत दाहालले बताएका छन् । उहाँका अनुसार त्यसको व्यवस्थापन नेपाल रेडक्रस सोसाइटी जिरी उपशाखाले गर्नेछ ।