Logo

बागमती पेज

फाल्गुन १७, २०७९ बुधबार

बैँकको किस्ता तिर्न नसक्दा रामेछापका व्यवसायीको दुखान्त


काठमाडौँ । बैंकको किस्ता थेग्न नसक्दा रामेछापको खाँडादेवी गाउँपालिकाका एक पुरुषले आत्माहत्या गरेका छन् ।

खाँडादेवी गाउँपालिका वडा नं ३ भिरपानीका समाजसेवी एवम् व्यवसायी दीपक पौडेलले बैंकको ऋणको कारण आत्महत्या गरेका हुन् । उनले बैंकको किस्ता थेग्न नसकेर आत्महत्या गरेको आफन्तहरुले बताएका छन् ।

लामो समयदेखि परिवारसहित काठमाडौँमा बस्दै आएका व्यवसायी पौडेलले आज दिउँसो आफ्नै घरको भर्याङ्मा झुन्डिएर आत्महत्या गरेको अवस्थामा शव भेटिएको खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले जानकारी दिनुभयो । उनले आर्थिक भार थेग्न नसकेर ज्यान गुमाएको बताइएको छ ।

उनले विहान मर्निङ वाक जाँदा डोरी किनेर झोलामा लिएर आएको पाइएको र त्यसपछि आमालाई भाइको घर, श्रीमतीलाई पसल र छोरोलाई कलेज पठाएर आत्महत्या गरेको खुलेको छ । पौडेलले केही दिन अघि देखिनै परिवार र आफ्नो केही नजिकको साथिभाईलाई आफुले बैंकको ऋण थेग्न नसकेको र अन्तिम अवस्थामा पुगेको बताएका थिए । सोही कारण उनले आफ्नो ज्यान लिएको पुष्टि हुने पालिका अध्यक्ष श्रेष्ठले बताएका छन् ।

पौडेल अन्दाजी ५०र५१ वर्षका मात्रै थिएका थिए । उनको निधन आत्मदाह गरेका प्रेम आर्चायको घटना जस्तै भएको आफन्तजनले बताएका छन् । मृतक पौडेलको पोस्ट मार्टम पछि आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।